पक्राउ परे नयाँ शक्तिका कार्यकर्ता

पक्राउ परे नयाँ शक्तिका कार्यकर्ता

५९ पटक पढिएको

 चुनाबी प्रचार प्रसार बन्द भएर सबैजना चुनाबमा ब्यस्त भइरहदाँ नयाँ शक्ति पार्टिका कार्यकर्ता भने पक्राउ परेका छन् । नयाँशक्ति पार्टीका कार्यकर्ता गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित पक्राउ हुन् । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित उनीहरुलाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेहरू गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८का खुशबहादुर थापा रहेका छन् । प्रत्यक्षदर्शीको भनाइ अनुसार ग २ च १७१५ नम्बरको जीपमा नगद र प्रचार सामाग्री भेटिएको थियो । जीप अजिरकोटबाट भालुस्वरातिर आउँदै गरेको थियो ।