संयुक्त राष्ट्र संघ महासभाको क्षयरोग उन्मूलन सम्मेलनमा फङ ली युआनद्वारा सम्बोधन

संयुक्त राष्ट्र संघ महासभाको क्षयरोग उन्मूलन सम्मेलनमा फङ ली युआनद्वारा सम्बोधन

८८ पटक पढिएको

 सेप्टेम्बर २६ तारिख संयुक्त राष्ट्र संघको ७३औँ महासभाको क्षयरोग उन्मूलन तथा उपचारसम्बन्धी उच्च स्तरीय सम्मेलन अमेरिकाको न्यूयोर्कमा आयोजना भएको छ।चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती एवम विश्व स्वास्थ्य संगठनको क्षयरोग र एड्स रोकथाम तथा उपचारसम्बन्धी सद्भावना दूत फङ ली युआनले क्षयरोग उन्मूलनको श्रेष्ठ प्रतिनिधिका रुपमा सम्मेलनको उद्घाटनमा भिडियोमार्फत सम्बोधन गर्नुभएको छ।

       सो अवसरमा फङ ली युआनले सहभागीसँग आफू विश्व स्वास्थ्य संगठनको क्षयरोग र एड्स रोकथाम तथा उपचारको सद्भावना दूत र चीनको क्षयरोग उन्मूलन तथा उपचारको छवि-दूत अर्थात् ईमेज एम्बेसडर भएको दश वर्षभन्दा बढी समययताको अनुभव र भावना बाँड्नुका साथै चीनको क्षयरोग उन्मूलन तथा उपचारमा संलग्न कर्मचारी र नियमित प्रचार-प्रसार गर्ने व्यक्तिले आधारभूत तहमा निस्वार्थ रुपमा समर्पण गरेको कथाबारे जानकारी दिनुभयो।

       चीन सरकार र समाजका विभिन्न क्षेत्र र तहले सधैँ हेरचाह र ध्यान दिएको र सात लाख स्वयंसेवकको सक्रिय सहभागी भएबाट केही वर्षयता नै चीनको क्षयरोग उन्मूलन तथा उपचार कार्य छिटै नै कार्यान्वयन भएबाट व्यापक रोगीले समयमै तथा प्रभावकारी रुपमा निदान तथा उपचार पाएको पनि दोहोर्याउनुभयो।

       सम्बोधनमा फङ ली युआनले विभिन्न मुलुकका सरकार, अन्तर्राष्ट्रिय संगठन, गैर-सरकारी संगठन, विशेषज्ञ र स्वयंसेवकको संयुक्त प्रयासमा विश्वमा क्षयरोग उन्मूलन तथा उपचार कार्यको महत्वपूर्ण प्रगति भए तापनि क्षयरोग उन्मूलन मानवजातिसमक्ष अझै गम्भीर चुनौति भएको पनि व्यक्त गर्नुभयो।

 साथै उक्त सम्मेलनमा क्षयरोग उन्मूलन तथा उपचारसम्बन्धी राजनीतिक घोषणा पत्र पारित भएको छ।

 

       सहभागीहरुले फङ ली युआनको भिडियो सम्बोधनबाट निकै गहिरो छाप बसेको व्यक्त गरेका छन्। उहाँहरुले क्षयरोगको उन्मूलन तथा उपचारबाट चीनले पाएको उपलब्धि र विश्वमा क्षयरोग उन्मूलन तथा उपचार कार्यमा चीनले दिएको समर्थन र योगदानबारे उच्च प्रशंसा पनि गरे।

 

       विश्व स्वास्थ्य संगठनको क्षयरोग विभागका प्रमुख टेरेसा कासाइभाले विश्व स्वास्थ्य संगठनको क्षयरोग र एड्स रोकथाम तथा उपचारको सद्भावना दूत र चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमतीको रुपमा रहनुभएको फङ ली युआनले गर्नुभएको कार्यबाट मानिसको चेतनालाई बढाएर रोगीलाई उपचार गर्न प्रोत्साहन गरिएको व्यक्त गर्नुभयो।

 

      विश्व क्षयरोग उन्मूलन साझेदारी सम्बन्धका कार्यकारी प्रमुख रुचका टुदिले विश्वमा क्षयरोग उन्मूलन तथा उपचार कार्यमा चीनले दिएको समर्थनप्रति धन्यवाद ज्ञापन गर्न चाहेको उल्लेख गर्नुभयो।

 

       विश्व स्वास्थ्य संगठनको संक्रामक रोग कार्यसम्बन्धी सहायक महा-प्रबन्धक रन मिङ ह्वीले सन् २०३० अघि चीनले क्षयरोग उन्मूलन गरेर विश्वमा थप योगदान दिनसक्ने आशा रहेको बताउनुभयो।