सी चिन फिङद्वारा चीनको केन्द्रीय टेलिभिजन स्थापना भएको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा बधाई सन्देश

सी चिन फिङद्वारा चीनको केन्द्रीय टेलिभिजन स्थापना भएको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा बधाई सन्देश

१५४ पटक पढिएको

चीनको केन्द्रीय टेलिभिजन सिसिटिभिको स्थापना एवम जन गणतन्त्र चीनको टेलिभिजन कर्मको जन्म भएको साट्ठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष,चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट एउटा बधाई सन्देश पठाएर उत्साहजनक बधाई व्यक्त गर्नुका साथै चिनियाँ मिडिया ग्रुप सीएमजीका सम्पूर्ण कर्मचारी तथा चीनमा टेलिभिजन सम्बन्धीत् क्षेत्रमा संलग्न सबै कर्मचारीहरुलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

सो बधाई सन्देशमा सी चिन फिङले टेलिभिजन कर्म चिनियाँ कम्युनिष्ट पार्टीको प्रेस तथा जनमत कार्यको एउटा महत्वपूर्ण भाग हो भन्दै वितेका साट्ठी वर्षदेखि व्यापक रूपमा टेलिभिजनमा संलग्न कर्मचारीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पार्टी तथा जनताको कार्यका लागि सक्रिय युगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

सिसिटिभिको स्थापना सन् १९५८ मेइ १ तारिखमा भएको थियो। हाल सिसिटिभिका ४१ वटा च्यानल छन्। चालू वर्षको मार्च महिनामा सिसिटिभि,चिनियाँ केन्द्रीय जन रेडियो तथा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो एकिकृत भएर चिनियाँ मिडिया ग्रुपको स्थापना भएको छ।