नव उदीयमान प्रविधिबाट मानवजातिको हित-कल्याण सिर्जना

नव उदीयमान प्रविधिबाट मानवजातिको हित-कल्याण सिर्जना

८८ पटक पढिएको

नव उदीयमान प्रविधिबाट मानवजातिको हित-कल्याणको सिर्जना कसरी गरिन्छ? यस प्रश्नको उत्तर हालै चीनमा एकै साथ आयोजित दुइटा अन्तर्राष्ट्रिय सम्मेलनबाट पाउन सकिन्छ।

आर्टिफिसियल इन्टेलिजेन्स(ए.आइ.) क्षेत्रमा ओलम्पिक खेलकूद मानिने पहिलो विश्व आर्टिफिसियल इन्टेलिजेन्स (ए.आइ.) सम्मेलन सेप्टेम्बर १७-१९सम्म शाङहाइमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनलाई पठाउनुभएको बधाइ सन्देशमा ए.आइ. क्षेत्रको विकासको प्रवर्द्धन, त्यसको सुरक्षाको संयुक्त संरक्षण तथा हासिल उपलब्धिलाइ बाँड्ने काम नै चीनले विभिन्न मुलुकसँगै गर्न चाहेको बताउनुभएको थियो। यसबाट नव उदीयमान प्रविधिबाट मानवजातिको समाजमा हित-कल्याण सिर्जना गराउनको लागि मानवजातिको संयुक्त भाग्य समुदाय भन्ने बोध तथा विश्वव्यापीकरणलाई अघि बढाउनु नै निर्णायक कारक तत्व मानिन्छ।

हाल मानवजातिय समाजमा भैरहेको चौथो औद्योगिक सुधार नै ए.आइ., स्वच्छ ऊर्जा, रोबर्ट प्रविधि, क्वांटम सूचना प्रविधि, भर्चुअल रियल्टी तथा जीव प्रौद्योगिकी प्रधान नव प्रविधिको सुधार हो। तीमध्ये ए.आइ. निकै महत्वपूर्ण मानिन्छ। केही क्षेत्रमा यस किसिमको प्रविधिले मानवजातिको क्षमताभन्दा बढी भएकोले मानिसहरूको उत्पादित तथा दैनिक जीवनलाई गहन रूपमा परिवर्तन गरिरहेको छ।

विश्व ए.आइ. सम्मेलन २०१८बाट सार्वजनिक गरिएको 'विश्व ए.आइ. उद्योगको विकास नीलो पत्र २०१८'मा सन् २०१८को पूर्वार्धमा चीनमा ए.आइ. व्यवसायको संख्या विश्वको दोस्रो स्थानमा पुगिसकेको जनाइएको छ। साथै हालसम्म ए.आइ.को ४ प्रतिशत मात्रै सर्भेक्षणमा सहभागी व्यवसायहरूबाट लगानी गरिएको साथै यस प्रविधिको बन्दोबस्त गरिएको नीलो पत्रमा औंल्याइएको छ। यसको अर्थ भनेको ठूलो परिधिमा ए.आइ. प्रविधिको प्रयोग गरेमा ए.आइ. युग आउने अन्तर्राष्ट्रिय वातावरण बन्नसक्नेछ। जसबाट विश्वको आर्थिक तथा सामाजिक विकासमा अझ जीवन्त शक्ति थपिने स्वाभाविकै कुरा हो। माथि उल्लेखित लक्ष्य पूरा गर्न अर्थतन्त्रको विश्वव्यापीकरणलाई अघि बढाउनुपर्छ भने विभिन्न मुलुकहरूले पनि खुला धारणा लिएर आपसी सहयोगलाई सबल पार्दै खुला बजारबाट नयाँ प्रविधिको लागि अझ व्यापक प्रयोग क्षेत्र प्रदान गरिने छ।

सो सम्मेलनको प्रत्युतरमा अर्को अन्तर्राष्ट्रिय सम्मेलन आयोजित भएको छ-- ग्रीष्मकालीन दाभोस सम्मेलन २०१८। सो सम्मेलनमा चौथो औद्योगिक सुधारमा केन्द्रित भई नयाँ ढाँचाको समाज निर्माणबारे छलफल गरिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले सो सम्मेलनमा दिनुभएको सम्बोधनबाट पनि मानवजातिको संयुक्त भाग्य समुदाय भन्ने बोध खडा गरे मात्रै नव उदीयमान प्रविधिबाट मानवजातिको समाजमा हित-कल्याण सिर्जना गरिने धारणा व्यक्त गर्नुभएको छ।

वास्तवमा ग्रीष्मकालीन दाभोस सम्मेलन २०१८ को मुख्य विषयसूची बितेका केही वर्षमा चीनमा प्रोत्साहित भैरहेको नवीनताबाट विकास प्रवर्द्धनको रणनीतिसँग मेल खाइरहेको छ। चौथो औद्योगिक सुधारको लहरमा चीनले क्लाउड क्याल्कुलेटिङ, ए.आइ. लगायतका क्षेत्रमा श्रृंखलाबद्ध नयाँ प्रविधिको प्रयोग गरिसकेको छ र यसै क्रममा इन्टर्नेट आधारित सपिङ, मोबाइल भुक्तानी तथा शेयर अर्थ भन्ने नयाँ उदीयमान उद्योग उत्पन्न भएका छन्। हालसम्म नयाँ उर्जाबाट चीनको आर्थिक वृद्धिमा दिइएको योगदान एक तिहाइभन्दा बढी भएको छ र शहरी तथा ग्रामीण क्षेत्रमा नयाँ रोजकारीमा दिइएको योगदान २ तिहाइभन्दा बढी पुगेको छ। जसबाट चीनको अर्थतन्त्र उच्चगुणस्तरिय विकाससम्म परिणत गर्नको लागि बलियो जग बसालिएको छ।

चीनमा एकै साथमा आयोजित भएका ती २ वटा अन्तर्राष्ट्रिय सम्मेलनमा नव उदीयमान प्रविधिबाट अझ राम्रोसँग हित-कल्याण सिर्जना गर्ने विषयमा केन्द्रित भएको कुरा संयोगले भएको होइन। चौथो औद्योगिक सुधारबाट प्रत्येक व्यक्तिको सहभागिता तथा हरेक व्यक्तिको विकासको लागि अझ समान र सजिलोसँग पाउन सकिने मौका दिएको छ। अर्थको विश्वव्यापीकरण निरन्तर अघि बढेमा हरेक व्यक्तिको नवीन शक्तिलाई प्रोत्साहन गरिनेछ र सुधारको लहरमा अझ राम्रो जीवन बिताउन सक्नेछ।