दोस्रो'एक्काइसौं शताब्दीमा समुद्री सिल्क रोड'अन्तर्राष्ट्रिय प्रचार-प्रसार मञ्च चु हाईमा शुरु

दोस्रो'एक्काइसौं शताब्दीमा समुद्री सिल्क रोड'अन्तर्राष्ट्रिय प्रचार-प्रसार मञ्च चु हाईमा शुरु

१५७ पटक पढिएको

यस पटकको अन्तर्राष्ट्रिय प्रचार-प्रसार मञ्च चिनियाँ केन्द्रीय रेडियो तथा टेलिभिजन चाइना मिडिया ग्रुप तथा क्वाङ तुङ प्रान्त जन सरकारद्वारा सँयुक्त रुपमा आयोजना गरिएको हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार मन्त्रालयका उप-मन्त्री , चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्युङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै चालू वर्ष चीनको सुधार तथा खुलापन भएको चालीसौं वर्ष हुनुका साथै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "बेल्ट एण्ड रोड"प्रस्ताव प्रस्तुत गर्नुभएको पाँचौं वर्ष भएको बताउनुभयो। यस पटकको मञ्चले"एक्काइसौं शताब्दीमा समुद्री सिल्क रोड"को निर्माणमा नयाँ व्यवहारको प्रदर्शनका साथै नयाँ सांस्कृतिक उपलब्धीबारे आदान-प्रदान गर्ने जानकारी पनि उहाँले दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत क्वाङ तुङ प्रान्त समितिका उप-सचिव, क्वाङ तुङ प्रान्तका गभर्नर मा सिङ रुईले क्वाङ तुङ प्रान्तले "बेल्ट एण्ड रोड"वरिपरिका मुलुक तथा क्षेत्रहरुसँगको बहुपक्षीय सहयोगलाई गहन पार्ने बताउनुभयो।