स्कुटर दुर्घटनामा तीन घाईते

स्कुटर दुर्घटनामा तीन घाईते

९७ पटक पढिएको

काठमाडौं । काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटनामा तीन जना घाईत भएका छन् । दुईको अवस्था गम्भिर रहेको छ । गौरीगाउँबाट शान्तिनगरतर्फ आईरहेको बा २ च ४२०२ नम्बरको कारले विपरित दिशाबाट गईरहेका दुई वटा स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा बा ५४ प २७०७ र बा ६८ प ६५४९ नम्बरको स्कुटरमा सवार तीन जना घाईते भएका छन् । 

दुर्घटनामा परेका सुजिता महर्जन र सहनशिला श्रेष्ठको सितापाईलास्थित मनमोहन अस्पतालमा उपचार भईरहेको छ । दुवैको खुट्टामा गम्भिर चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अर्की घाईत विनु चिथुङको कान्तिपुर अस्पताल सुविधानगरमा उपचार भईरहेको छ ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।