चाइना मिडिया ग्रूप तथा रोस्सिया सेगोडन्याबीच सहयोग सम्झौता सम्पन्न

चाइना मिडिया ग्रूप तथा रोस्सिया सेगोडन्याबीच सहयोग सम्झौता सम्पन्न

११५ पटक पढिएको

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिमा चाइना मिडिया ग्रूप सीएमजीका महानिर्देशक शन हाइस्योङ तथा रोस्सिया सेगोडन्या समाचार समितिका निर्देशक दिमित्री किसेल्योभले रणनैतिक सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। 

सेप्टेम्बर ११ तारिखमा रूसको सुदूर पूर्वी शहर भ्लादिभोस्तोकमा सो सहयोग सम्झौता भएको हो । 

सम्झौता अनुसार मानवीय, आर्थिक, खेलकूद सम्बन्धी समाचार संकलन, समाचारको संख्यामा प्रबर्द्धन एवम् दुई देशका जनताबीचको भावना प्रगाढ बनाउनलागि दुवै पक्षले समाचार आदानप्रदान, संयुक्त रिपोर्टिङ तथा प्रसारण लगायतका विविध क्षेत्रमा वस्तुगत सहयोग गर्ने छन्।

चालू वर्षको अप्रिलमा स्थापना भएयता, सी एम जीले रोस्सिया सेगोडन्या समाचार समिति, भीजीथीआरके टिभी तथा रेडियो स्टेशन, रसिया टुडे टिभी स्टेशन, इतार तास समाचार समिति लगायत रूसका केन्द्रिय तथा स्थानीय संचार माध्यमसँग धेरे तहमा सहयोग आदान प्रदान गरिरहेको छ।