चाइना मिडिया ग्रूप स्थापनापछि उपलब्धिमूलक

चाइना मिडिया ग्रूप स्थापनापछि उपलब्धिमूलक

१८८ पटक पढिएको

चालू वर्षको मार्च महिनामा चीन सरकारको 'पार्टी तथा राष्ट्रिय संस्थागत सुधार प्रबर्द्धन योजना' बमोजिम, चाइना मिडिया ग्रूप (सी.एम.जी.) को गठन अप्रिल १९ तारिख भयो। पहिलेको चाइना केन्द्रिय टेलिभिजन स्टेशन (सी.सी.टी.भी. र सी.जी.टी.एन.), चाइना नेशनल रेडियो (सी.एन.आर.) र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) यी ३ वटा सञ्चार गृहका मिडिया श्रोतहरूको अन्तरमिश्रणमा केही महिनापछि मात्रै सी.एम.जी.को सञ्चार क्षमता, प्रभाव, विश्वसनीयता ठूलो परिमाणमा बढेको छ। साथै सी.एम.जी.को कन्भर्जिङ मिडिया अर्थात् पहुँचको ठूलो विकास हुँदै आएको छ र टेलिभिजनबाट हुने आमदानी एवम् इन्टर्नेटमा सी.एम.जी.को क्षमता ठूलो मात्रामा उकासिएको छ।

 

चाइना मिडिया ग्रूप स्थापनापछि उपलब्धिमूलक

कन्भर्जिङ मिडियाको नयाँ युगको शुरूआत

सी.एम.जी. स्थापनापछि पहिलेका ३ वटा सञ्चार गृहका संचालकहरूले पोआउ एशिया मञ्चमा पहिलो पटक संयुक्त रूपमा प्रत्यक्ष प्रसारण गरे। गत जुन महिनामा शाङहाइ सहयोग संगठनको छिङताउ शिखर सम्मेलनको अवधिमा पनि यी ३ वटा गृहका विभिन्न मिडिया प्ल्याटफर्ममा एकैसाथ संयुक्त प्रत्यक्ष प्रसारण गरियो।

चाइना मिडिया ग्रूप स्थापनापछि उपलब्धिमूलक

गत अप्रिल २२ तारिख आयोजित पहिलो चीन डिजिटल निर्माण शिखर सम्मेलनमा इन्टर्नेटको नयाँ प्रविधि तथा डिजिटल प्रविधिको प्रयोगमा सी.एम.जी.ले नयाँ मिडिया प्ल्याटफर्मको निर्माण तथा मिडिया श्रोतहरूको अभिसरण क्षेत्रमा हासिल गरेका नयाँ उपलब्धिहरूलाई देखाइएको छ। चीनका ३५ वटा शहरबाट संकलन गरिएको दर्शकले हेरेको टेलिभिजन कार्यक्रम सम्बन्धी तथ्याङ्क गत अप्रिल महिनामा सी.एम.जी. अन्तर्गत सी.जी.टी.एन. र अलीबाबा ग्रूप बीच क्लाउड, ठूला डेटा, मोबाइलफोन, सूचनामूलक प्ल्याटफर्मको निर्माण लगायत प्राविधिक सहयोग सम्झौता सम्पन्न भयो भने जुलाई ३१ तारिख चाइना मोबाइल कम्पनीसँग ५ जी. प्रविधिको विकास, ४ के हाइ डेफिनेशन च्यानलको निर्माण, उत्पादित विषयको वितरण तथा ठूलो डेटा एवम् पूंजी लगायत ६ वटा क्षेत्रमा चौतर्फी रणनैतिक सहयोग सम्झौता पनि सम्पन्न भएको छ। समाचार रिपोर्टिङ, उत्पादित विषय तथा उद्योगको विकास क्षेत्रमा हुने अभिसरण सम्बन्ध अध्ययन गरेको छ साथै सी.जी.टी.एन.ले पहिलेका ३ वटा गृहको सार्वजनिक हित-कल्याण उठाउने क्षमताको मिलन पनि गरेको छ। जुलाइ २०१८ - जुन २०१९ मा बितेका २ वर्षमा सार्वजनिक हित-कल्याण विज्ञापनको भरमा चीनका अझ बढी क्षेत्रमा गरिबी निवारण क्रममा सहयोग दिनको लागि लगातर १ अर्ब ४ करोड चिनियाँ युआन बराबर विज्ञापनको आधारमा थप १ अर्ब चिनियाँ युआन बराबरको विज्ञापन श्रोत प्रदान गर्ने निर्णय गरेको छ।

 

चाइना मिडिया ग्रूप स्थापनापछि उपलब्धिमूलक

जनवरी-अगष्ट २०१८ मा सी.एम.जी.को प्रसारण क्षमता टी.भी. को श्रेष्ठता जनवरी-अगष्ट २०१८ मा चीनभरिका टेलिभिजन स्टेशनमध्ये सी.सी.टी.भी.का कार्यक्रमहरू हरेक दिन दर्शकहरूले हेरेको कोटा कूल कोटाको ३३.३१ प्रतिशत पुगेको छ। 

 

मोबाइलफोन प्रसारण क्षमतामा अगाडि चीनको सबैभन्दा ठूलो बजार अध्ययन तथा विश्लेषण कम्पनी सी.टी.आरले चीनको १० वटा सरकारी मिडिया तथा ३८ वटा टेलिभिजन स्टेशनलाई लक्षित गरी सार्वजनिक गरेको सन् २०१८ को दोस्रो त्रैमासिक तथ्याङ्क बमोजिम, सी.एम.जी.को प्रसारण क्षमता अग्र स्थानमा रहेको छ। सी.एम.जी.स्थापना भएयता, मिडिया अभिसरणको सुधारमा ध्यान दिँदै आएको छ। सी.एम.जी.लाई मिडिया क्षेत्रमा राष्ट्रिय आधुनिक वायुयानबाहक बनाउने लक्ष्य पूरा गर्न सी.एम.जी.ले अथक प्रयास गरिरहेको छ र उपलब्धिमूलक भएको देखिन्छ।

चाइना मिडिया ग्रूप स्थापनापछि उपलब्धिमूलक