प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

२७३ पटक पढिएको

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा उहाँले सम्बोधन गर्नुहुने संसद सचिवालयले जनाएको छ । उहाँको सम्बोधनमा भर्खरै सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनमा नेपालले हासिल गरेको उपलब्धिले प्राथमिकता पाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।
सरकारले गरेका काम कारवाहीका बिषयमा समेत उहाँले संसदमा ब्रिफिङ गर्नुहुने अर्यालले क्यापिटल समाचारलाई जानकारी दिनुभयो । सरकारले गरेका कार्यप्रति जनगुनासो बढ्दै गएका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।
संसद सचिवालयका प्रवत्ता केशव अर्यालका अनुसार प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न समय माग गर्नुभएको छ । समसामयिक राजनीतिक अवस्था र सरकारले आलोचित हुनुका कारणका बिषयमा प्रधानमन्त्री ओली स्पष्ट पार्नुहुने उहाँको निजि सचिवालयले जनाएको छ ।।