चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्बारा सन् 2018 चीन-अफ्रिका सहयोग मञ्चका लागि आठवटा कार्यक्रम प्रस्तुत

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्बारा सन् 2018 चीन-अफ्रिका सहयोग मञ्चका लागि आठवटा कार्यक्रम प्रस्तुत

२५७ पटक पढिएको

आज तीन तारिख दिउँसो पैचिङमा शुरु भएको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्नुभएको छ। 53 वटा अफ्रिकी मुलुकका नेता वा प्रतिनिधि, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस, अफ्रिका लिग समितिका अध्यक्ष, तथा अरु २७ वटा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका पर्यवेक्षक पनि यस सम्मेलनमा सहभागी हुनुभएका छन्। यस पटकको शिखर सम्मेलनको मुख्य विषय "सहयोग र साझा समृद्धि, अझै घनिष्ट चीन-अफ्रिका भाग्य समुदायको संयुक्त रुपमा निर्माण" रहेको छ। यस सम्मेलनले आगामी तीन वर्षका साथै भविष्यको चीन र अफ्रिका बीचको सहयोगको क्षेत्र र मुख्य विषयको योजना बनाउने छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा बोल्दै चीनले अफ्रिकासँग मिलेर संयुक्त जिम्मेवारी लिने, सहयोगसँगै साझा फाइदा लिने, सुख बाँड्ने, संस्कृतिको संयुक्त समृद्धि, साझा सुरक्षा, मेलमिलापयुक्त रुपमा विकास गर्ने चीन-अफ्रिका भाग्य समुदायको निर्माण गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

उहाँले चीन र अफ्रिकाले विभिन्न तहका राजनीतिक वार्ता र नैतिक सरसल्लाहलाई विस्तृत गरी नयाँ सहयोग क्षेत्रको विकास गरेर नयाँ आर्थिक क्षेत्रमा नयाँ प्राथमिक विषयको विकास गर्नुपर्ने भन्दै चीन र अफ्रिका जनतालाई व्यवसायिक उपलब्धि र फाइदा पुर्‍याएर संस्कृति, कला, शिक्षा, खेलकुद आदि क्षेत्रका व्यक्तिबीचको आदानप्रदानलाई बढाउनुपर्ने दोहोर्‍याउनुभयो। साथै अफ्रिकी मुलुक र अफ्रिका लीग आदि क्षेत्रीय संगठनमा अफ्रिकी उपायमार्फत अफ्रिकी समस्याको समाधान गर्न समर्थन दिनुका साथै जलवायु परिवर्तनलगायत पर्यावरणीय संरक्षण क्षेत्रको आदान-प्रदान र सहयोगलाई बढाउनुपर्ने पनि सीले बताउनुभयो।

आज 3 तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनले अफ्रिकी मुलुकसँग घनिष्ठ सहयोग गरी आगामी तीन वर्ष र भविष्यका लागि आठ वटा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

चीन र अफ्रिकाबीच औद्योगिक प्रबर्द्धन, उपकरण प्रबर्द्धन, व्यापारिक सुविधा, हरित विकास, क्षमता निर्माण, स्वास्थ्य, मानव आदान-प्रदान, शान्ति तथा सुरक्षा गरी आठ क्षेत्रको सहयोगलाई बढाउने कार्यक्रम प्रस्तुत गर्नुभएको छ। आठ वटा कार्यक्रमको पालना गर्नका लागि चीनले सरकारी उद्धार, वित्तीय संस्था तथा उद्योग लगानी आदि उपायमार्फत अफ्रिकालाई साट्ठी अरब अमेरिकी डलरको समर्थन दिने इच्छा लिएको छ। साथै चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भएका अफ्रिकाका अति अविकसित मुलुक, भारी ऋणमा रहेका गरिब मुलुक, भित्री भूमिमा रहेका विकासोन्मुख मुलुक, सानो टापुमा अवस्थित विकासोन्मुख मुलुकलाई सन् 2018 को अन्तसम्म ब्याजरहित ऋणको राहत दिने चीनको योजना छ।

यसअघि सन् 2015 चीन-अफ्रिका मञ्चमा दश वटा कार्यक्रम प्रस्तुत गरिएको थियो।