अरु भन्सार कर थप्नेबारे अमेरिकी व्यवसायी थप चिन्तित

अरु भन्सार कर थप्नेबारे अमेरिकी व्यवसायी थप चिन्तित

१८८ पटक पढिएको

अगष्ट बीस तारिखदेखि अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले दुई खर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि थप भन्सार कर लगाउन ६ दिने सुनवाइ कार्यक्रमको आयोजना गरेको छ। त्यसपछि वालस्ट्रिट दैनिक अखबरले धेरैजसो सहभागीले कर छूटको माग गरेको जानकारी दिएको छ। कर छूट माग्न खोजेका झनै बढी अमेरिकी व्यवसायको सामना गर्न अमेरिकी वाणिज्यमन्त्रालयले समस्याको समाधान गर्ने उपाय खोज्न गाह्रो भएको देखिएको छ।

तर वास्तवमा प्रतिरोधको कदम उठाएर के काम लाग्छ र? अमेरिकी सरकारले आफ्नै विचारको आधारमा सेप्टेम्बरको सुरुमा दुई खर्ब अमेरिकी डलरको चिनियाँ सामानमा थप कर लगाउने ठूलो सम्भावना रहेको छ। त्यसबाट के कस्तो प्रभाव पर्छ त? चिनियाँ सामानमा थप भन्सार कर लगाउने र स्वदेशी कर लगाउने बीच समानता छ। यदि आयातित सामानको थप कर उपभोक्ताका पक्षमा आए वस्तुको मूल्य बढ्छ र उपभोक्ताले बढी शुल्क तिर्नुपर्छ अथवा आयातकर्ता आफैँले तिर्छ अनि लागत बढेर प्रतिश्पर्धात्मक शक्ति कम्जोर हुने जोखिम पनि देखिन्छ। जे होस् आलोचनात्मक बिन्दुमा आउँदा अमेरिकी व्यवसायले बेरोजगारी भोग्छ वा व्यवसाय नै बन्द गर्नुपर्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग कुराकानी गर्दै चीन-अमेरिका व्यापार युद्धसम्बन्धी आफ्नो समय तालिका नभएको र आफूले चीन जस्तो दीर्घकालीन विचार लिनुपर्ने विचार व्यक्त गर्नुभयो। यो भनेको के हो त भने भन्सार करबाट पूर्ण दबाव निकालेर चीनलाई आत्मसमर्पण गराएपछि मात्रै पुनःवार्ता गर्ने जसबाट अमेरिकालाई हितयुक्त स्थानमा राख्न सकिन्छ।

तर अमेरिकालाई खेद लाग्नेछ। एक अर्ब चालीस करोड जनसंख्या रहेको चीनको सामना गर्न अमेरिका सरकारले चीनभन्दा अझ अडिग हुनसक्ने प्रमाण देखाउन सक्नुपर्छ नत्र अमेरिकाले यस द्वन्द्वमा पराजय मात्रै हात पार्नेछ।

चीन र अमेरिकाले सार्वजनिक गरेको समयतालिकाका अनुसार, अमेरिकाले अगष्ट तेइस तारिख सोह्र अर्ब अमेरिकी डलरका चिनियाँ सामानमा थप पचीस प्रतिशतको भन्सार कर लगाउनेछ साथै चीनले जवाफी कदम पनि चलाउनेछ। तर त्यसका साथै अमेरिकाले व्यापार युद्ध भए यताको पहिलो वार्तामा चिनियाँ दललाई निमन्त्रणा गरेको छ। वाशिन्टनले वैकल्पिक नीति लिएको देखिन्छ। तर यो नीति के काम लाग्छ? एक चिनियाँ कर्मचारीले न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै भने: यदि व्यापार युद्ध गरेमा मेरो रोजगारीमा प्रभाव परेपनि मैले देशको समर्थन गर्नुपर्छ।