मृगौला पीडित दरैलाई न्यौपानेको आर्थिक सहयोग

मृगौला पीडित दरैलाई न्यौपानेको आर्थिक सहयोग

२३९ पटक पढिएको

काठमाडौं । गैर आबासिय नेपाली संघ मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले चितवन रत्ननगरका मृगौला पीडित पवित्रा दरैलाई आर्थिक सहयोग गर्नुभएको छ । 
पीडित दरैको आर्थिक अवस्था निकै कमजोर भएकाले एनआरएन मलेसियाका अध्यक्ष न्यौपानले ब्याक्तीगत रुपमा आर्थिक सहयोग गर्नुभएको हो । 
पीडितको स्वास्थ्य अवस्था विग्रदै गएको सुचना पाएपछि न्यौपानेले १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । 

मृगौलाले काम नगर्ने भएपछि पीडित परिवारले स्वदेश र विदेशमा बस्ने सम्पुर्णमा सहयोगको अपिल गरेको छ ।