जोशीको संसदीय सुनुवाई आज हुदै  

जोशीको संसदीय सुनुवाई आज हुदै  

१२३ पटक पढिएको

प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीको नाममा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक आज बस्दैछ । शैक्षिक प्रमाणपत्र विवाददेखि विवादास्पद फैसला लगायतका आरोप लागेका जोशीको नाममा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुको मत बाँझिएपछि निर्णय प्रक्रिया लम्बिएको हो । 

बैठक सिंहदरबारस्थित संसद सचिवालयमा दिउँसो २ बजेका लागि बोलाईएको छ । जोशीको बिषयमा निर्णय गर्न नेकपा र कांग्रेसका सांसदले आन्तरिक छलफल गर्न आवश्यक रहेको बताएपछि सुनुवाई समितिको बैठक विगत ६ दिनयता स्थगित हुदै आएको छ । 

सत्तारुढ दल नेकपाले विवादास्पद पृष्ठभुमि भएका जोशीको नाम अस्विकृत गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिईसकेको छ। प्रतिपक्ष कांग्रेसले संसदीय सुनुवाई समितिले प्रस्तावित नामलाई अस्विकृत गर्न नमिल्ने भन्दै जोशीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने अडान लिएको छ । सोही कारण सुनुवाई भएको ६ दिन वितिसक्दा समेत जोशीको बिषयमा निर्णयमा पुग्न सकिएको छैन । सत्तारुढ दलले सके सर्वसम्मत, नभए दुई तिहाई बहुमतले जोशीको नाम अस्विकृत गर्ने तयारी गरेको छ ।