विदेशी शिक्षा प्रतिको बढ्दो आकर्षण

विदेशी शिक्षा प्रतिको बढ्दो आकर्षण

२३५ पटक पढिएको

मन्जिला बस्नेत,

काठमाडौं। पछिल्लो समय विदेशी शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको आकर्षण निकै बढेको पाइन्छ पाँच वर्षको सरकारी तथ्यांकलाई हेर्दा सजिलै देख्न सकिन्छ विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले नो अब्जेक्सन लेटर स्वीकृत पत्र लिनुपर्ने हुन्छ सोहि अनुरुप शिक्षा मन्त्रालयबाट बिद्यार्थीहरुले लिएको तथ्यांकलाई हेर्दा यो वर्ष गत बर्षको तुलनामा १७ हजारभन्दा माथी विद्यार्थीले विभिन्न देशका लागि नो अब्जेशन लेटर लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले जनाएको छ।

 

पाँच वर्षको तथ्यांकलाई नियाल्दा क्रमश आव ०७०÷०७१ मा २८ हजार सय २६ जनालेनो अब्जेसन लेटर लिएको पाइन्छ त्यस्तै आव ०७१÷७२ मा ३० हजार सय ९६ जना, आर्थिक वर्ष २०७२÷०७३ मा ३२ हजार सय जना, त्यस्तै आर्थिक वर्ष ०७३÷०७४ मा ५० हजार सय ५९ पुगेको देखिन्छ त्यस्तै, चालु आर्थिक वर्ष २०७४÷०७५ को (हाल)को अवधिमा मात्रै विश्वका ७३ मुलुकमा अध्ययनका लागि हजार सय ५४ विद्यार्थीहरुलेनो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) लिएका छन् यसै तथ्यांकलाई हेर्दा गत वषको तुलनामा १७ हजार सय ९५ जना बढी विद्यार्थीहरूले विभिन्न देशका लागि नो अब्जेक्सन लेटर लिएको पाइन्छ सबैभन्दा धेरै अष्ट्रेलिया अध्ययन गर्न जान अनुमति लिएको देखिन्छ त्यसपछि क्रमश जापान, अमेरिका, चीन भारत लगायत देशहरुका लागि अनुमति पत्र लिएको पाइन्छ

 

यसवर्षको तथ्याङ्क अनुसार सबैभन्दा बढी अष्ट्रेलियाको लागि ३७ हजार सय १४ जनालेनो अब्जेक्सन लेटर लिएको देखिन्छ भने त्यस्तै दोस्रोमा जापानका लागि १२ हजार सय १२ जना , त्यस्तै, क्रमशः अमेरिकाका लागि २७ हजार १५ जना , चीनका लागि २० हजार ७७ जना, भारत पनि अध्ययनका लागि राम्रो गन्तव्य बन्न पुगेको तथ्याङ्कले देखाउँछ २० हजार २५ जनाले भारत पढ्न जान खोजेका पाइन्छ पोल्यान्ड १५ हजार , क्यानडा १३ सय १७, दक्षिण कोरिया ११ सय ५६, न्युजिल्यान्ड सय २५, साइप्रस सय , जर्मनी सय ८९, बङ्गालदेश सय ७०, फ्रान्स लागि सय ६७, युएईका लागि सय ३६ मरिससका लागि सय ८६ छन् त्यस्तै, बेलायतका लागि सय २२ रहेका छन्

 

भने कतिपय विद्यार्थीहरु नाम कमै सुनिने देशहरुमा समेत जना जनाले स्वीकृत पत्र लिएको मन्त्रालयबाट प्राप्त तथ्यांकमा पाइन्छ उक्त तथ्याङ्क अनुसार क्रमश ताइवान, बेलारुस, सोमालिया, रोमानिया, भियतनाम, कंगोलगाएत पर्दछन् यसरी जना जना किन जाने गर्छन भन्ने प्रश्नमा धेरैजसो अनुसन्धानका लागि जाने गरेको मन्त्रालयका विज्ञहरु बताउछन् अनुसन्धानकै लागि भएपनि स्वीकृति लिएर जादाँ सहज हुने सरोकारवालाहरुको भनाई