न्युयोर्कमा २०५औं भानुजयन्ती सम्पन्न

न्युयोर्कमा २०५औं भानुजयन्ती सम्पन्न

४०३ पटक पढिएको

न्यूयोर्क,  जुलाई २९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टर र केन्द्रको संयुक्त आयोजनामा २०५औं भानुजयन्ती तथा नबरत्न पुरस्कार बितरण समारोह सम्पन्न भएको छ |

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको परिचयात्मक बिवरण, नबरत्न पुरस्कार बितरण, कविता बाचन, बिभिन्न स्रष्टाहरुबाट गजल तथा कबिता बाचन, गीति सिडी बिमोचन  आदि कार्यक्रमहरू समावेश गरिएको  थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल नियोगका प्रमुख पुष्पराज  भट्टराई, बिशेष अतिथि अनेसासका पूर्ब अध्यक्ष तथा बोर्ड अफ ट्रष्टी गीता खत्री, अन्तराष्ट्रीय साहित्य समाजका केन्द्रीय  अध्यक्ष पदम बिश्वकर्मा, च्यापटरका अध्यक्ष राजेन्द्र श्रेष्ठ द्वारा पानसमा दीयो प्रज्वलन तथा  भानुको तस्बिरमा पुष्प अर्पण गरेर शुरू गरिएको उक्त कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष पदम बिश्वकर्माले  गर्नुभएको थियो ।

 कार्यक्रमको थालनीमा च्याप्टरका सचिब  लक्ष्मी श्रेष्ठका साथ उपस्थित समुहद्वारा सामूहिक नेपाली राष्ट्रीय गान प्रस्तुत गरीएको थियो भने  अमेरीकी राष्ट्रीय गान पनि प्रस्तुत गरिएको  थियो ।

भानुभक्तलाई स्मरण गर्दै  प्रमुख अतिथि, बिशेष अतिथिहरुबाट भानुभक्तको तस्बिरमा पुष्प अर्पण गर्दै  भानुप्रति श्रद्धा सुमन चढाइएको थियो ।

कार्यक्रममा अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले  सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो भने साहित्यकार किसन सिंह धामीले आदिकबव भानुभक्तको बारेमा चर्चा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा भानु जयन्तीको शुभ अवसर पारेर अनेसास न्युयोर्क च्याप्टरकै प्रकाशनमा निकालिएको म्यूजिक सिडी "सम्बन्ध " को लोकार्पण पनि गरिएको थियो ।  राजेन्द श्रेष्ठ, बिनोद रोका, गीता खत्री, परिता राजभण्डारी, ज्योती पौडेल तथा पुनम काफ्ले गरी ६ जना श्रष्टाहरुद्रारा लिपिबद्ध गरिएको र संगीतकार गणेश पराजुलीद्रारा संगीत बद्द गरिएको सो सिडि प्रमुख अतिथि र बिशेष अतिथिहरुबाट लोकार्पण गरिएको थियो । उक्त सिडीको समीक्षा साहित्यकार तथा पत्रकार व्याकुल पाठकले  गर्नु भएको थियो

 

समाजमा बिभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने ९ जना नारी रत्नहरु  मनीषा कोईराला, लक्ष्मी माली, सम्पदा मल्ल, मीना के सी, हरिदेबी कोईराला, कला खरेल, बिमला निरौला, पुनम काफ्ले, उन्नती बोहरा शीला, शुष्मा ओमाटा, तुलसी देबी राई तथा ३ जना बाल प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने बालिकाहरु श्रीनिती रिजाल, सिमरन अधिकारी तथा अरमानी महर्जनलाई नबरत्न पुरस्कारबाट बिभूषित गरिएको थियो ।

नबरत्न पुरस्कार समितिका अध्यक्ष तथा च्याप्टरका उपाध्यक्ष शकुन ज्ञवालीले पुरस्कारको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिभा छनौट समितिमा रहनुभएका गीता खत्री, लिला लुईंटेल तथा गेबर्धन पूजामध्यबाट संयोजक गीता खत्रीले प्रतिभा छनौटको आधार प्रष्ट पार्नुभएको थियो ।

नबरत्न पुरस्कारको प्रायोजन राजेन्द्र श्रेष्ठ, शकुन ज्ञवाली, लक्ष्मी श्रेष्ठ, नदिया लिबांग, ज्योती राई, दिपा राई पुन, बिकाश बिष्ट, अनु शाह, महेश्वर पन्त, बिमला निरौला, पदम बिश्वकर्मा तथा  पुनम काफ्लेले गर्नु भएको थियो ।

 

कार्यक्रममा अनेसास  च्याप्टरलाई सहयोग पुर्याउदै आउनु हुने आजिबन सदस्यहरु बेदा आचार्य तथा जानुका वस्ती ढकाललाई न्युयोर्क च्यापटरको सदस्यमा मनोनयन गरिएको थियो ।

कार्यक्रममा स्रष्टाहरु भरत पुरी, नीरा शर्मा, राजन महर्जन,बन्दना कोईराला, नबराज खड्का, डा. मधु माधुर्य, आनन्द श्रेष्ठ, कुन्ती थापा, सीता खरेल, शारदा क्षेत्री, बिष्णु सिंह बैजु, जानुका वस्ती ढकाल, मोहन निरौला शुभ नेपाल, डा. गोविन्द कोईराला, रश्मी भट्ट, पुष्पा गौतम, राजेन्द्र श्रेष्ठ, बिनोद रोका, दीपा राई पुन, कृष्ण कुसुम, बिमला निरौला, प्रकाश नेपाल  तथा शारदा ठकुरीले रचना वाचन गर्नुभएको थियो।

केन्द्रका  अध्यक्ष तथा कार्यक्रमका सभापति पदम बिश्वकर्मा आफ्नो कार्यकालमा भएका कामहरूका बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा

भर्खरै स्वर्गीय हुनुहुने श्रद्धेय पत्रकार तथा साहित्यकार गोपी कृष्ण खनाललाई स्मरण गर्दै उहाँको आत्माको चिर शान्तिको लागी १ मीनेट मौन धारण पनि गरिएको थियो ।

 

कार्यक्रमको संचालन अन्तराष्ट्रीय साहित्य समाज केन्द्रका महासचिव तथा साहित्यकार गोबर्धन पूजाले गर्नु भएको थियो।