मन्त्रीपरीषद्को बैठक आज अपरान्ह

मन्त्रीपरीषद्को बैठक आज अपरान्ह

६१ पटक पढिएको

मन्त्रीपरीषद्को बैठक आज अपरान्ह ४ बजे पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रधानन्यायधीश दिपकराज जोशीको नियुक्तिका बिषयमा छलफल गर्ने बुझिएको छ ।

 

सत्तारुढदल नेपाल कमिन्युष्ट पार्टी(नेकपा)ले आफ्ना नेता कार्यकर्तासँग सुझाव नलिएको भन्दै प्रधानन्यायधीश नियुक्तिको प्रक्रियालाई लम्ब्याउँदै आएको हो । संसदीय सुनुवाई समितिले बिहिबार नै उहाँको सुनुवाई गरेको थियो ।

अपरान्ह बस्ने मन्त्रीपरीषद्को बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्ने बुझिएको छ । संघीय संसददेखि प्रदेशसभासम्म सभामुख वा उपसभामुख पाउनुपर्ने माग गर्दै आएको प्रतिपक्षी कांग्रेससँग कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुनेछ ।