सिआरआई प्रतिनिधि नेपालमा

सिआरआई प्रतिनिधि नेपालमा

३०४ पटक पढिएको

काठमाण्डौ । नेपाल र चीनबीचको सम्बन्धलाई विस्तार गर्न सञ्चार साझेदारीले खेल्ने भूमिका बिषयक समीक्षा बैठकमा भाग लिन चिनियाँ अन्तार्राष्ट्रिय रेडियो (सिआरआई)का विशेष प्रतिनिधि मण्डल काठमाण्डौ आइपुगेको छ ।

बैठक आयोजक क्यापिटल एफ.एमको विशेष निमन्त्रणामा सिआरआई पश्चिम एशिया तथा अफ्रिकी क्षेत्रीय प्रसारण केन्द्रकी उप निर्देशक हान मेइको नेतृत्वमा सिआरआई प्रतिनिधिहरु पू क्वान्ली, लु हुयान्सिङ, सेङ युहङ तथा जू जियानको प्रतिनिधि मण्डल आज राजधानी आइपुगेको हो ।

प्रतिनिधि मण्डललाई क्यापिटल एफ.एमका अध्यक्ष प्रकाशबाबु पौडेलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । प्रतिनिधि मण्डललाई स्वागत गर्न क्यापिटल एफ.एमका प्रबन्ध निर्देशक सुशील राउत, निर्देशकद्वय सुवोधचन्द्र श्रेष्ठ तथा बुद्धलाल श्रेष्ठ सहितको टोली विमानस्थल पुगेको थियो ।  

प्रतिनिधि मण्डलले नेपाल रहँदा नेपाल र चीनबीचको सम्बन्धलाई विस्तार गर्न सञ्चार साझेदारीले के कस्तो भूमिका खेल्न सक्दछ भन्ने बारेमा छलफल गर्नेछ ।