चीनको बजार सारा विश्वका लागि गुमाउन नसक्ने अवसर

चीनको बजार सारा विश्वका लागि गुमाउन नसक्ने अवसर

२२२ पटक पढिएको

एक सय दिनपछि पहिलो चाइना अन्तर्राष्ट्रिय आयात-निर्यात एक्स्पो चीनको शाङ्गहाईमा आयोजना गरिनेछ। हालसम्म एक सय तीसभन्दा बढी मुलुक र क्षेत्रका दुई हजार आठ सयभन्दा बढी व्यवसायहरूले एक्स्पोका प्रदर्शनीमा सहभागी हुन नाम दर्ता गरिसकेका छन्। अन्य तीसभन्दा बढी विदेशी व्यवसायले सन् 2019मा आयोजना गरिने दोस्रो चाइना अन्तर्राष्ट्रिय आयात-निर्यात एक्स्पोमा सहभागी हुन समय अगावै नाम दर्ता गरेका छन्।

सारा विश्वका उत्पादकहरूका लागि चीनमा लगभग एक अर्ब चालीस करोड जनसंख्याको उपभोग्य शक्ति र लगानी बजार रहेको र सरकारले व्यापारिक स्वतन्त्रतालाई समर्थन दिनुका साथै खुलापनलाई निरन्तर रुपमा बढाउँदै आएकाले सारा विश्वको परिधिमा चीनभन्दा अझ राम्रो बजार अथवा भनौं चीनभन्दा राम्रो अवसर पत्ता लगाउन निकै गाह्रो हुन्छ।