पाकिस्तानका विपक्षीद्धारा पुनःनिर्वाचनको माग 

पाकिस्तानका विपक्षीद्धारा पुनःनिर्वाचनको माग 

४४ पटक पढिएको

एजेन्सि । निर्वाचनमा धाँधली भएको भन्दै पाकिस्तानमा विपक्षी दलहरुले चुनावी नतिजा अस्वीकार गरेका छन् । उनीहरुले पुन:निर्वाचनको माग गरेका छन् । निर्वाचनमा ठुलो पार्टी बनेको पूर्व क्रिकेटर ईमरान खानको पीटीआई बाहेक सबै विपक्षी दलका प्रतिनिधिले स्वच्छ र धाँधलीरहित निर्वाचनको माग गरेको पाकिस्तानी सञ्चारमाध्यामले जनाएका छन् । 

पूर्व–प्रधानमन्त्री नवाज सरिफको पार्टी पीएमएन–एलका प्रतिनिधिसहितले इस्लामावादमा गरेको पत्रकार सम्मेलनमा निर्वाचनको नतिजा र सपथ ग्रहण कार्यक्रम समेत बहिष्कार गर्ने निर्णय गरेका छन् ।