नेकपा जनवर्गिय संगठन मर्ज हुँदै 

नेकपा जनवर्गिय संगठन मर्ज हुँदै 

६८ पटक पढिएको

काठमाण्डौ । नेपाल कम्युष्टि पार्टी(नेकपा)को पहिलो जनवर्गिय संगठनकारुपमा शनिवारबाट एकता प्रक्रिया शुरु हुँदैछ । पहिलो दिन शनिवार ईन्जिनियरिङ तर्फको एकता हुँदैछ । काठमाडौंको कुपण्डोलस्थित एक बैंकटमा दिउँसो २ बजे हुने कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ ले एकताको घोणषा गर्नेछन् । 

नेकपाका २२ जनवर्गिय संगठहरुमध्ये ईन्जिनियरिङ तर्फको एकता सबैभन्दा पहिला हुने भएको हो । तत्कालिन एमालेको पेशागत तथा प्रगतिशिल ईन्जिनियर एशोसियसन नेपाल र  तत्कालिन माओवादी केन्द्रको नेपाल राष्ट्रिय ईन्जिनियरिङ संगठन मर्ज गरि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल बनाईने भएको हो । 

एशोसियसनमा २१ जना सचिवालय र ९५ जना केन्द्रिय सदस्य रहने नेकपाले जनाएको छ । सबै जनवर्गीय संगठनको एकता गर्न शुरुमा १५ दिनको समय दिइएको थियो । एकता घोषणा सभामा पार्टी महासिचव बिष्णु पौडेलसहित कार्यदलका सदस्य गोकर्ण बिष्ट, पम्फा भुसाल लगायतकाको उपस्थिति रहनेछ ।