जोशीको नाममा निर्णय हुदै

जोशीको नाममा निर्णय हुदै

७९ पटक पढिएको

काठमाण्डौ । संसदीय सुनुवाई विशेष समितिको बैठक आज बस्दैछ । बैठकले प्रधानन्यायाधिसमा प्रस्तावित दिपकराज जोशीको बिषयमा निर्णय गर्नेछ । सिंहदरबारस्थित संसद सचिवालयको कार्यकक्षमा दिउँसो ३ बजे बस्ने बैठकले जोशीको नाम अनुमोदन गर्ने तयारी गरेको छ । 

समिति सभापति लक्ष्मणलाल कर्णले प्रक्रिया पुरा भएसंगै जोशीको नाम अनुमोदन गरिने क्यापिटल समाचारलाई बताउनुभयो । जोशीको नामलाई अनुमोदन गर्न संसदीय सुनुवाई समितिले आज बैठक बोलाएको हो । सुनुवाई सकिएसंगै संसदीय समितीको बैठक बसेर जोशीको नाममा निर्णय गर्न लागिएको हो । 

जोशी विरुद्ध संसदीय सुनुवाई समितिमा ५ ओटा उजुरी परेको थिए । जोशीको शैक्षिक प्रमाणपत्रदेखि विगतका फैसलाको बिषयमा अनियमितता गरेको लगायतका बिषयमा सांसदहरुले प्रश्न गरेका थिए । समितिको बैठकले जोशीको नाम अनुमोदन गरेसंगै जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधिस बन्न बाटो खुल्नेछ ।