नेपाल्स नेक्स्ट सुपर स्टार २०१८ को आयोजना हुँदै

नेपाल्स नेक्स्ट सुपर स्टार २०१८ को आयोजना हुँदै

२९३ पटक पढिएको

काठमाडौं । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट 'नेपाल नेक्स्ट सुपर स्टार २०१८' नामक मोडलिङ व्याकरणमा आधारित सौन्दर्य प्रतियोगीताको आयोजना गरिन लागिएको हो । एम.पि. इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना हुने यो प्रतियोगितामा सहभागीहरुलाई १ महिनाको प्रशिक्षण प्रदान गरिनेछ । जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, फिटनेस, जुम्बा तथा एरोबिक्स, सेल्फ मेकअप, संचार कला, आत्मविश्वास अभिवृद्धि, फेसन, सेलिब्रेटी अन्तरक्रिया लगायतको कुरालाई मुख्य विषय वस्तु हुनेछ ।

प्रतियोगिताका विजेता लगायत अन्य उत्कृष्ट सहभागिहरुलाई अन्तर्राष्ट्रिय फेसन शो, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, चलचित्र, म्युजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशन आदिमा अवसर प्रदान गरिनेछ । प्रत्येक सहभागीले आईएलटिस् र जापानी भाषाको प्रशिक्षण निशुल्क प्राप्त गर्नेछन् । विजेताले नगद पुरस्कार रु. एक लाख, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण, चलचित्रमा तथा अन्तर्राष्ट्रिय फेसन शोको सहभागिताको अवसर प्राप्त गर्नेछ । प्रतियोगिताका फ्रस्ट तथा सेकेन्ड रनर अपले फेशन डिजाइनिङको एक वर्षे कोर्षमा क्रमशः पच्चीस तथा पन्ध्र प्रतिशतको छुट प्राप्त गर्नेछन् साथै म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोमा अवसर प्राप्त गर्नेछन् ।

मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक, कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ । प्रतियोगिताका लागि राजधानी काठमाडौं बाहेक देशका अन्य मुख्य शहरहरुमा पनि अडिसन संचालन गरिनेछ । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा राजधानीमा सम्पन्न हुनेछ । सहभागिताका लागि कम्ती प्लस टूलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ भने पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च तथा महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च तोकिएको छ ।