कोशी कटानमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

कोशी कटानमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

२०६ पटक पढिएको

सुनसरी । सुनसरीको कोशी गाउँपालीका ६ स्थित कोशी कटानमा गए राति बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको BR 06 PB 6418 नम्बरको भारतीय बोलेरो पानी खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जनाको चिन्ताजनक अवस्थामा उपचारका लागि पठाइएको प्रहरीले जना छ ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाका अनुसार मृत्यु हुनेमा जिल्ला सुपौल बस्ने सन्जीव पौदार, गोलुकुमार राय, ललिया देवी, सुरेन्द्र राय, धिरेन्द्र राय र कन्चना देवी छन् ।

घटनामा परेका ललन कुमार राय, आदिप कुमार, निलु देवी पौदारको गम्भीर अवस्थामा बिराटनगरको संजिबनी मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाको छ ।

दुर्घटना मापसे र ओभर स्पिडका कारण भएको प्रहरीले जनाएको छ । बोलेरो चालक भारतको मधुवनी बस्ने २६ वर्षका सुशील कुमार सुनसरी प्रहरीको नियन्त्रणमा छ ।