ल्याङच्याह :गुफा आवास मेरो न्यानो घर --दोस्रो भाग

ल्याङच्याह :गुफा आवास मेरो न्यानो घर --दोस्रो भाग

५७ पटक पढिएको

सी चिनफिङ ल्याङच्याहमा गएपछि बसेको पहिलो घर नै गाउँले चाङ छिङयुआनको घर थियो।

सी चिनफिङ र उहाँकी धर्मपत्नी फङ लीयुआन जब आँगनमा प्रवेश गर्नुभयो, ६४ वर्षीया लिउ चिनलियानले प्रफुल्ल हुँदै स्वागत गरिन् र सोधिन्-'के अझै तिमी मलाई सम्झन्छौ?'

"तिमी थाइफिङकी महिला हो। जब तिमीहरूले विवाह गर्यौ,हामी तिम्रो वैवाहिक समारोहमा सहभागी भएका थियौं"- सी चिनफिङले अरू दुईटा गुफातर्फ इंगित गर्दै भन्नुभयो-"तिम्रा बुबाआमा त्यहाँ बस्थे, तिमी चाहिं अर्कोपट्टी तिम्रा श्रीमानसँग बस्थ्यौ।"

       "एकदमै सही, तिमीले यतिका वर्षपछि पनि चिन्न सक्यौ"- लिउ चिनलियान प्रभावित भइन्।

       "म तिमीलाई कसरी बिर्सन सक्छु"- सी चिनफिङले मुस्कुराउँदै भन्नुभयो।

       सन् १९९३ मा जब सी चिनफिङ ल्याङच्याह गाउँ घुम्नका लागि फर्किनुभयो, चाङ छिङयुआनले सीसँग ठट्टा गदै सोधे, "तिमी श्रीमती नल्याइकनै किन फर्कियौ?"

      कालान्तरमा सी चिनफिङ सन् २०१५ मा गाउँ फर्किनुभयो, तर त्यतिबेलासम्म चाङ छिङयुआन परलोक भैसकेका थिए।

      यस्तो खबर सुनेर दुःखी हुनुभएका सीले सोध्नुभयो, "उनलाई के भएको थियो?"

      "उनलाई दम र श्वासप्रश्वास सम्बन्धी समस्या थियो"- लिउले जवाफ फर्काइन्।

      "ती त त्यस्ता घातक रोग थिएनन्। किन त्यसको उपचार भएन?" उच्छ्वास छोडदै सीले भन्नुभयो, "तिम्रो जीवन चाहिं कस्तो चलिरहेको छ नि?"

      "यहाँ मेरो जीवन त राम्रै छ" लिउले भनिन्-"खानेकुरा, लुगा, दैनिक आवश्यक कुरा...सबै चीजहरू पुग्दो छ।"

      सीले उनलाई हात थमथम्याउँदै आफ्नो ख्यालविचार राख्न भन्नुभयो। जब जाने बेला भयो, सीले फर्केर हेर्नुभयो र भन्नुभयो, "म कुनै दिन फेरि तिमीलाई भेट्न समय मिलाउनेछु।"

      सीको अर्को गन्तव्य ल्वी हौशङको घर थियो। ल्वीको घर र लिउको घरलाई गाउँबाट बग्ने एउटा नदीले छुट्याएको थियो। त्यो ठाउँ सी चिनफिङले ल्याङच्याहमा रहँदाको दोश्रो घर नै ल्वीको घर थियो।

      जब ल्वी हौशङ स्वागत गर्न भनेर घरबाट बाहिर निस्किन्छन् तब सीले मुस्कुराउँदै भन्नुभयो, "राम्रो सजावट !"

      चाङ वैफाङ बोले-"हो त। हौशङ एक व्यापारिक मालिक पो त!"

     "एक ट्राइसाइकल मालिक!" ल्वी हौशङले अलिक लजाउँदै जवाफ फर्काए।

     सी चिनफिङले आफ्नी श्रीमतीतर्फ हेरेर हाँस्नुभयो अनि व्याख्या गर्न लाग्नुभयो-"त्यतिबेला हौशङ त्यस्तै १२, १३ वर्षका थिए। उनी मेरो सहयोगी जस्तै थिए।"

    ल्वीको घरपरिसरमा भीड जम्मा हुन थाल्यो। सी चिनफिङले आफ्नी धर्मपत्नी फङलाई भन्नुभयो-"त्यो पर अन्तिमतिरको गुफामा म बस्थें। ल्वी हौशङ र म एउटै उमेरका थियौं। त्यसैले हामीले धेरै समय सँगसँगै बिताएका थियौं। जब ऊ तरूनो भयो, खाना पकाउने काममा राम्रो थियो। मेरा लागि केही खाना पकाइदिन्थ्यो र मलाई पनि कसरी खाना पकाउने भनेर सिकाउँथ्यो। उतिखेर हामीसँग पर्याप्त तेल हुँदैनथ्यो तर हौशङसँग धेरै श्रोतहरू हुन्थे। उसले बदामहरू कुटेर अनि कराइमा तताएर केही तेल निकाल्थ्यो। त्यसपछि केही आलु र फर्सी हालेर पकाउँथ्यो। त्यो एकदमै स्वादिष्ट हुन्थ्यो।"

     जुन गुफाघरमा सी चिनफिङ र ल्वी हौशङ काँधमा काँध मिलाएर खाङमा बस्थे (खाङ पकाइएको इँटाको चाङबाट बनाइएको बिस्तरा थियो) जुन कुराले पुरानो चीनको स्मरण गराउँथ्यो।

     सीले ल्वीका हात बेस्सरी कस्दै भन्नुभयो, उहाँ आफ्नो पुरानो साथीलाई कुनै अफ्ठ्यारो पर्यो कि भनेर चिन्तित हुनुहुन्थ्यो किनभने उहाँले देख्नुभएको थियो कि उनी अफ्ठ्यारो गरी हिँड्ने गर्दथे। ल्वीले भने-" समथर ठाउँमा हिँड्न ठिकै छ, तर म कडा परिश्रम गर्न सक्दिन। त्यसैले अचेल म ट्राइसाइकल चढेर हिड्नुपर्छ।"

     उनीहरूका पुराना घर घुम्दै गर्दा सी चिनफिङले ल्वी हौशङ जहाँ बस्थे, त्यो घर हेर्न जाने निर्णय गर्नुभयो।

     उहाँका साथीको नयाँ गुफाघर राम्रोसँग सजाइएको, सुन्दर र उज्यालो रहेछ। भित्ताका फोटोहरू हेर्दै सीले ल्वीका सबै परिवारका सदस्यहरूका बारेमा सोधपुछ गर्नुभयो।

     ल्वीसँग विदा हुँदै सी चिनफिङले गाउँतर्फ पर्खिरहेको भिडतिर यात्रा थाल्नुभयो। धेरै वर्षहरू बिते तापनि उहाँले बाटो पार हुँदै गर्दा देखिएका गुफाघरका मालिकहरू सबैको नाम एक एक गरी सम्झिन सक्नुहुन्थ्यो।

      जब उनीहरूले नदीको बाटो पछ्याए। सी चिनफिङले ल्याङच्याहमा ५ वर्ष बिताउनुभएको गुफा घर त्यहाँदेखि त्यति धेरै टाढा थिएन।

      सो परिसरमा रहेका ६ मध्ये एउटा गुफाघरमा सीले बसोबास गर्नुभएको थियो, जुन घर सन् १९७० मा स्थानीय उत्पादन इकाइले बनाएको थियो। त्यो त्यही घर थियो, सन् १९७५ मा सीले त्यो ठाउँ छोड्नुअघिसम्म बस्ने गर्नुभएको थियो।

      गुफाघरभित्रको एउटा भित्तामा फ्रेम झुण्ड्याइएको थियो। त्यो फ्रेमभित्र कम्युनिष्ट पार्टी शाखाको हस्तलिखित दस्तावेज राखिएको थियो।

      त्यहाँ लेखिएको थियोः "सन् १९७४ साल जनवरी १० तारिखका दिन जनकम्युनको पार्टी कमिटिको बैठकबाट यो निर्णय गरिन्छ कि कामरेड श् युसिन, श् फङलान र सी चिनफिङहरू चिनियाँ कम्युनिष्ट पार्टीका अब सदस्यमा नियुक्त भएका छन्।"

      मिथेन ट्यांकको पाइलटभन्दा उतापट्टि रहेको गुफाघरको बाहिरी भित्तामा सी र अन्य गाउँलेहरूले धेरै वर्षअघि बनाएको हातले पेन्टिङ गरेको एउटा पोस्टर थियो, जहाँ लेखिएको थियो-"आत्मनिर्भरता र कडा परिश्रम।" यही एउटा सन्देश थियो, जुन उहाँले ४० वर्षदेखि सिक्नुभएको थियो।

      गाउँवासीको सहज जीवनयापन, सी चिनफिङको मुहारमा मुस्कान

     प्रत्येक पहाड, प्रत्येक खोला र हरेक व्यक्ति – सी चिनफिङले सबैलाई सम्झिनुहुन्छ। र, स्वयं ल्याङच्याहका नदी तथा जलाशयहरूले नै बताउँछन् कि नौजवान् सी चिनफिङले गाउँलेहरूको सहज जीवनका लागि कसरी संघर्ष गर्नुभएको थियो।

     तत्कालीन गाउँ पार्टी सचिव सी चिनफिङ र उहाँका सहकर्मी पार्टी सदस्यहरूले कृषिखेतीका लागि बनाएको जलाशयले अहिलेसम्म पनि स्थानीय गाउँलेको जीवनमा निरन्तर फाइदा ल्याइरहेको छ।

     वाङ स्यानच्युन, जलाशय बनाउने काममा सहयोग गरेका एकजना सर्वसाधारण हुन्। त्यतिखेरको त्यो घटना सुनाउँदै गर्दा उनी क्रमशः भावुक बन्दै गए। जति जति उनी सी चिनफिङले लेखेको प्रेरणादायी नारा कण्ठस्थ सुनाउँथे।

     "चालीस वर्ष भैसकेछ, तिमी अझै त्यो घटना सम्झिन सक्छौ?" सीले केही गर्न सकेनन् तर निकै प्रभावित भए।

    सीले पनि सम्झिनुभयो," त्यो समयमा हामीले जमेको पानीमाथि हाम्फाल्नुअघि त्यसको परिणति के कस्तो होला भनेर पनि सोचेका थिएनौ। "

     जे भएपनि त्यहाँको काम पूरा नहुँदै सी चिनफिङले चिसो मौसमको असरले खुट्टामा पीडा महसुस गर्न थाल्नुभएको थियो, जुन जलाशयमा खटिँदाको एउटा परिणति थियो।

     "हामीले त्यो जलाशय बनाएयता कहिल्यै भत्किएको छ?" सी चिनफिङले सोध्नुभयो।

      श् छुनयाङको जवाफः भत्किएको छ। र हामीले पुनः मर्मत पनि गर्यौं।

     सीले आफूले निर्माण गर्न सघाएको जलाशयलाई नियालेर हेर्नुभयो। श् छुनयाङलाई भन्नुभयो, "यो ड्यामलाई विशेषगरी वर्षाकालमा सुरक्षित रहने प्रत्याभूतिका लागि यसको वरिपरि पनि बलियो गरी निर्माण गर्नुपर्छ।"

     त्यहाँ नजीकै एउटा स्याउको बगैंचा थियो, सीले छोटो घुमघामका लागि सुझाउनुभयो। जतिबेला उहाँ त्यो गाउँमा बस्नुहुन्थ्यो, त्यो एउटा बाँझो जमिन थियो। तर अहिले यो फाइदाजनक फलोद्यान बनेको थियो।

    ल्याङच्याह गाउँको स्याउ व्यवसाय प्रवर्द्धनका लागि भएको मेहनतको कुरा र गाउँलेहरूको कडा परिश्रमपश्चात हरेक घरमा धाराको पानी र इन्टरनेट जोड्नका लागि कसरी सघाएको थियो भन्ने कुरा सुनिसकेपछि सीको अनुहारमा मुस्कान छाएको देखिन्थ्यो।