डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

२४२ पटक पढिएको

काठमाडौं । शनिबारदेखि जुम्लामा अनशनरत वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ ।

अनशनरत डा.केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा.पूजन रोकायाले जानकारी दिनुभयो । डा केसीको स्वास्थ्य अवस्था  बिग्रदै गएको उहाँको भनाई  छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पनि डा.केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताउनुभयो । अनशनरत डा.केसीका समर्थकले भने उहाँको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।