नियमावली परित गर्ने तयारी 

नियमावली परित गर्ने तयारी 

१८७ पटक पढिएको

संघीय संसदको संयुक्त नियमावली आज पारित हुदैछ । संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली आज पारित गर्ने तयारी गरिएको छ । त्यसका लागी अपरान्ह ४ बजे संयुक्त बैठक बस्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । संयुक्त बैठक बसेर नियमावली पारित गरेपछि संसदीय समिति गठनको बाटो खुल्नेछ । 
नियमावलीको मस्यौदा प्रतिनिधीसभाका सांसद कृष्णभक्त पोखरेलले राष्ट्रियसभा र प्रतिनिधिसभाका तर्फबाट संयुक्त बैठकमा पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ । संसदीय सुनुवाई समिति १५ सदस्यीय हुनेगरी नियमावली प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ जना सांसद रहने गरि गत आईतबार नियमावली संसदमा पेश भएको थियो । नियमावली नबन्दा संवैधानिक निकायमा नियुक्तिको प्रकृया अघि बढ्न सकेको छैन ।।