प्रधानमन्त्री ओलीको आज ल्हासा पुग्दै

प्रधानमन्त्री ओलीको आज ल्हासा पुग्दै

९५ पटक पढिएको

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज ल्हासा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ल्हासामा उहाँले नेपाली समुदायसंग अन्तक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरिक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
प्रधानमन्त्री ओलीले हिजो विद्युतीय कार्गाे रेललाई केरुङबाट काठमाण्डौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौतामा हस्ताक्षर जुटाउनु भएको थियो । 
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा हिजो नेपाल र चीन द्विपक्षी बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा सम्झौता, समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो ।।