‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदै

‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदै

२२१ पटक पढिएको

आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।


पतञ्जलि योगपीठले योगमार्फत निरोगी हुन सबै नेपालीसमक्ष आह्वान गरेको छ । पतञ्जलि योगपीठ हरिद्वार र नेपालका कर्पोरेट मेम्बर उद्धवप्रसाद तिमिल्सिनाले जीवनलाई आनन्दमय, सुखमय र शान्तिमय बनाउने भएकाले योगलाई अनुशरण गर्नु सम्पूर्ण मानवको हितमा रहेको उल्लेख गर्नुभएको छ ।

१ सय ७६ देशले योग दिवस मनाउन गइरहेको भन्दै उहाँले नेपालमा पनि आफ्नो संस्थाले साप्ताहिक योग शिविर जारी राखेको बताउनुभयो । पतञ्जलि योगपीठले ७७ वटै जिल्लामा योगशाला सञ्चालन गरेर सर्वसाधारणलाई निरोगी बनाउने अभियान थालेको बताउँदै तिमिल्सिनाले अहिले ४० हजार योग शिक्षक÷शिक्षिका तयार भइसकेको जानकारी दिनुभएको छ ।