विश्वकप फुटबलमा  दोस्रो चरणको खेल अन्तर्गत आज समेत तीन खेल हुदै

विश्वकप फुटबलमा  दोस्रो चरणको खेल अन्तर्गत आज समेत तीन खेल हुदै

१०६ पटक पढिएको

विश्वकप फुटबल अन्तर्गत आज समेत तीन खेल हुदैछ । दोस्रो चरणको खेल अन्तर्गत समुह एबाट उरुग्वे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो । अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ ।
दोस्रो खेलमा समुह बीबाट पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साझ पौने ६ बजे सूरु हुनेछ । समुह चरणको खेलमा स्पेनविरुद्ध ३–३ गोलको बराबरी खेलेको पोर्चुगललाई अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन जित आवश्यक छ । मोरक्को समेत पहिलो खेलमा पराजित भएकाले क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध जित चाहन्छ । आजै हुने तेस्रो तथा अन्तिम खेलमा सन् २०१० को विश्व विजेता स्पेनले इरानसंग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे सूरु हुनेछ ।
पहिलो खेलम जित निकालेको इरान समुह चरणको दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । तर उत्कृष्ट प्रर्दशन गर्दै पोर्चुगलविरुद्ध ३ गोल बर्साएको स्पेन डिफेन्समा जोड दिदै महत्वपुर्ण तीन अंक जोड्न चाहन्छ ।