काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

९५ पटक पढिएको

भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ । 
आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ । भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिएका छन् । हिंसात्मक घटना र आतङ्कवादी बढीरहेको अवस्थामा केही काम हुन नसकेको वरिष्ठ नेता शाहले बताएका छन् ।
नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकोले गठबन्धनमा बस्नुको औचित्य नरहेको उनले बताएका छन् ।