एसइइको परीक्षाफल भोलि सार्वजनिक हुँदै

एसइइको परीक्षाफल भोलि सार्वजनिक हुँदै

११७ पटक पढिएको

२०७४ चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल बुधवार सार्वजनिक हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारीमा रहेको श्रोतले जानकारी दिएको छ ।
इन्टरनेट तथा एसएमएस प्रणालीबाट परीक्षाफल हेर्न सकिने गरी परीक्षाफलको डाटा इन्टिग्रेट गर्ने कार्य आज सम्पन्न भएपश्चात भोलि बुधबार परीक्षा बोर्डको बैठक बसेर परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको हो ।
गत चैत्र ८ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएका थिए भने परीक्षालाई सामान्य र प्राविधिक गरी दुईवटा स्वरुपमा परीक्षा दिने व्यवस्था गरिएको थियो । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।
तेस्रो पटक अक्षराङ्कन पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडबृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडबृद्धि परीक्षाको समेत व्यवस्था छ ।
नतिजा प्रकाशन भैसकेपछि ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००५ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।