वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदैछ

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदैछ

२४६ पटक पढिएको

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदैछ । सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो ।  त्यसअघि देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उहाँको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
डा. देवकोटाको काजकिरिया उहाँकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजक्रिया सात दिनमा सम्पन्न गरिने जनाएको छ । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किनुभएको थियो । स्वदेश फर्किएदेखि उहाँ आफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत हुनुन्थ्यो । 

यसैबीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताउनु भएको छ । 

अध्यक्ष प्रचण्डले दिवंगत डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षेत्र रहेको बताउनुहुँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ भने शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।