विश्वकप फुटबलको पछिल्लो खेलमा ब्राजिल र स्विटरज्याण्डको बराबरी÷सर्वियाले जित निकाल्दा जर्मर्नी, मेक्सिकोसंग पराजित  

विश्वकप फुटबलको पछिल्लो खेलमा ब्राजिल र स्विटरज्याण्डको बराबरी÷सर्वियाले जित निकाल्दा जर्मर्नी, मेक्सिकोसंग पराजित  

२०७ पटक पढिएको

विश्वकप फुटबलको पछिल्लो खेलमा ब्राजिल र स्विटरज्याण्डको बराबरी÷सर्वियाले जित निकाल्दा जर्मर्नी, मेक्सिकोसंग पराजित  

विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार ब्राजिलले स्विटजरल्याण्डसंंग बराबरी खेलेको छ । समुह चरणको खेलमा ब्राजिलले फिफा वरियताको माथिल्लो स्थानमा रहेको स्विस टोलीसंग १–१ गोलको बराबरी खेलेको हो । 
खेलको २० औ मिनेटमा काउटिन्होले गोलमार्फत ब्राजिलले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ५० औ मिनेटमा स्विटजरल्याण्डका स्टेभेन जुबेरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । समुहको पहिलो खेलमा कोष्टारिकालाई पराजित गर्दै सर्वियाले महत्वपुर्ण तीन अंक जोडेको छ । 
अर्को खेलमा विश्व विजेता जर्मनीले पराजयसंगै प्रतियोगिताको सुरुवात गरेको छ । समुह चरणको खेलमा जर्मनी मेक्सिकोसंग १–० ले स्तब्ध भएको हो । खेलको ३४ औ मिनेटमा मेक्सिकोका लागि लोजानोले गरेको गोल निर्णायक बन्यो । 
यस्तै, सर्वियाले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कोष्टारिकालाई १–० गोल अन्तरले हराउदै सर्बियाले विजयी सुरुवात गरेको हो । सर्वियालाई जित दिलाउन कप्तान एलेक्जेन्डर कोरालोभले निर्णायक गोल गरे । समारा रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा कोरालोभले गोल गरे थिए । 
डिबक्स बाहिर प्राप्त फ्रिकिङमा उनले उत्कृष्ट गोल गरेका हुन् । जितसँगै सर्बियाले महत्वपूर्ण ३ अंक जोडेको छ । र, सर्विया ब्राजिल, स्विजरल्याण्ड र कोष्टारिका रहेको समूह ’इ’ को शीर्ष स्थानमा रहेका छन् ।