रुसमा जारी फिफा विश्वकप फुटबलमा आजपनि तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आजपनि तीन खेल हुँदै

२०२ पटक पढिएको

रुसमा जारी फिफा विश्वकप फुटबलमा आजपनि तीन खेल हुँदैछन् । प्रतियोगिताअन्तर्गत आज हुने पहिलो खेलमा समूह ’ई’ बाट स्वीडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दै छन् । स्वीडेन र दक्षिण कोरियाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
समूह ‘जी’ को अर्को खेलमा बेल्जियम र पानामा प्रतिस्पर्धा गर्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समय अनुससार राति पौने ९ बजे सुरु हुनेछ । यस्तै आजै हुने समूह जी कोे खेलमा ट्यूनिसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार रातिपौने १२ बजे सुरु हुनेछ ।