कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

२३३ पटक पढिएको

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे हेटौडामा बस्न लागेको केन्द्रीय समिति बैठकमा भोलिबाट हुने जिल्ला सभापतिहरुको भेलाबारे एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति बारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले जानकारी दिनुभएको छ ।। 


बैठकमा पार्टी भित्र देखिएको विवादलाई जिल्ला सभापतिहरुको भेलामा कसरी मथ्थर पार्ने भन्ने बिषयमा छलफल हुने सिंहले क्यापिटल समाचारलाई जानकारी दिनुभयो । भोलिदेखि ३ दिनसम्म चल्ने जिल्ला सभापतिहरुको भेलामा विधान संशोधन, संगठन सुदृढिकरणका बिषयमा छलफल केन्द्रित हुनेछ । 


संविधानले व्यवस्था गरेको नयाँ संरचना अनुसार पार्टीको विधान संशोधन र संघीय संरचनामा पार्टीलाई कसरी अगाडी बढढाउने भन्ने, बिषयमा बैठकले आधार तयार गर्ने केन्द्रीय सदस्य सिंहले जानकारी दिनुभयो । 


भेलामा निर्वाचनमा बेहोर्नुपरेको पराजय, पार्टी नेतृत्वबाट भएका कमि–कमजोरी आगामी दिनमा अंगिकार गर्नुपर्ने रणनीति लगायतका बिषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।