आजबाट लागु हुनेगरी पेट्रोलियम पर्दाथको मुल्य घट्यो 

आजबाट लागु हुनेगरी पेट्रोलियम पर्दाथको मुल्य घट्यो 

१०६ पटक पढिएको

ईन्धनको मुल्य घट्यो सरकारले आजबाट लागु हुनेगरी पेट्रोलियम पर्दाथको मुल्य घटाएको छ । चौतर्फी दबावपछि सरकारले ईन्धनको मुल्य घटाएको हो ।

नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २÷२ रुपैयाँ घटेको छ । अब डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो । ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार ईन्धनको मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए ।
भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।