प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको भ्रमणमा जाँदै

१२५ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । उच्चस्तरिय भेटवार्ता र दुवै देशको थप सम्बन्ध विस्तार गर्न उहाँको भ्रमण हुन लागेको हो ।

 
आसन्न चीन भ्रमणका क्रममा विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको हिजो बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको थियो । 


बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराउनुभएको हो । चीनसँग उद्योग, व्यापार, रेलमार्गमा लगानीमैत्री वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।