संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै

१०६ पटक पढिएको

संघीय संसदको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ ।


मन्त्रीपरीषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संयुक्त बैठकको आह्वान गर्नुभएको हो । गत सोमबार नै नियमावली पारित गर्ने तयारी गरिए पनि बैठक बस्न नसकेपछि आजलाई सारिएको थियो । आजनै दुवै सदनको अलग अलग बैठक बिहान ११ बजे बस्ने तय भएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभएको छ । 


संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपति मार्फत बैठक बोलाउन आग्रह गरिएको प्रवक्ता गौतमले क्यापिटल समाचारलाई जानकारी दिनुभएको छ । यता, संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 
प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन विधेयकका बिभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने छ । आजको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।