रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

२३१ पटक पढिएको

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा समूह ’ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ पौने ६ बजे सुरु हुनेछ ।
समूह ’ई’ कै अर्को खेलमा ब्राजिल र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्दै छन् । रोस्तोभ एरिनामा हुने ब्राजिल र स्विजरल्याण्डबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ ।
आज हुने दोस्रो खेलमा भने साबिकको बिजेता जर्मनी र मेक्सिको भिड्दै छन् । समूह ’एफ’ का दुई टोलीको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।