कार्यकर्ता रिहाइको माग गर्दै शैक्षिक हड्ताल

कार्यकर्ता रिहाइको माग गर्दै शैक्षिक हड्ताल

१९१ पटक पढिएको

अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक हड्ताल गरेको छ । आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक हड्ताल गरेको हो ।  


हड्तालले देशभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ । देशभरका सबै विद्यालयमा हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


क्रान्तिकारीका नेता तथा कार्यकर्तालाई देशका विभिन्न स्थानबाट गैरन्यायिक रुपमा पक्राउ गरी झुटो मुद्दा लगाइएकोले उनीहरुको निशर्त रिहाइको माग गर्दै आज एक दिनको लागि शैक्षिक हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी) ले जनाएको छ ।।