चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ७ जना घाइते  ।

चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ७ जना घाइते ।

९२ पटक पढिएको

चितवनमा आज बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ठक्कर दिँदा दुर्घटना भएको हो । चितवन प्रहरीका अनुसार, ३ जनाको दुर्घटनामा मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उपचारका लागि भरतपुर लगिएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडका सुरेश बलको मात्रै परिचय खुलेको छ ।
ट्रक त्रिशूली नदी किनारमा खसेको थियो । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।।
त्यस्तै चितवनमै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति ना२०प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीयबासी अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।।