कृत्रिम महँगी: सरकारले मूल्य बढेको देखेन

कृत्रिम महँगी: सरकारले मूल्य बढेको देखेन

२८६ पटक पढिएको

 बजेटलगत्तै चौतर्फी मूल्य वृद्धि भए पनि सरकारले गरेको अध्ययन विश्लेषणमा भने महँगी बढेको फेला परेन । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हो । बजेटको बहानामा व्यवसायीले जथाभावी मूल्य वृद्धि गरी ‘कृत्रिम महँगी’ सिर्जना गरिरहे

विभागले भने व्यवसायीसँग हरेक दिन छलफल भइरहेको दाबी गरेको छ । छलफलका क्रममा होलसेल व्यापार र चेम्बर अफ कमर्सका पदाधिकारीले मूल्य नबढेको दाबी गरेको विभागले जनाएको छ । भन्सार वृद्धि भएपछि केही मात्रामा बढ्नु स्वाभाविक भएको विभागको तर्क छ । बजेटको एक–दुई दिनमै मूल्य वृद्धि नभए पनि अहिले बजारमा केही समस्या रहेको महानिर्देशक गौचनले स्विकारे । होलसेल र खुद्राले एकअर्कालाई दोष दिएर पन्छिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बिल नहुँदा पनि पुष्टि हुन नसकेको उनले बताए ।

‘बिल दिँदैनन् । त्यसले गर्दा उपभोक्ताहरू ठगिए । उपभोक्ताहरूले मूल्य बढेको महसुस गरे,’ महानिर्देशक गौचनले भने, ‘बिल नहुँदा प्रमाण भएन ।’ बिलबीजकको अनुगमन र कारबाही गर्ने आन्तरिक राजस्व विभागले हो । तर, आन्तरिक राजस्व विभागले पनि बेवास्ता गर्दै आएको छ । व्यवसायीले बिलबीजक जारी गरे/नगरेको प्रभावकारी रूपमा अनुगमन गर्न सकेको छैन । ‘सरकारले बिल जारी गर भनेको छ । व्यवसायीको दायित्व पनि हो,’ उनले भने, ‘पारदर्शिताका लागि बिल अनिवार्य चाहिन्छ । तर, व्यवसायीले बिल जारी गरेका छैनन् ।’ बिलको विषयमा आन्तरिक राजस्व विभागसँग छलफल गरिने उनले बताए ।