मनसुन सक्रिय हुने : काठमाण्डौंको आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने

मनसुन सक्रिय हुने : काठमाण्डौंको आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने

३८ पटक पढिएको

आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । एक हप्तासम्ममा देशका सबै ठाउँमा मनसुन सक्रिय हुने उहाँले जानकारी दिनुभयो । 
नेपालमा मनसुन प्रवेश गरेको ६ दिन बितिसक्दा समेत मनसुन सक्रिय नहुँदा गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभागले गएको जेठ २५ गते नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि दिउँसो घाम चर्कने र बदली हुने गरेको छ ।


नेपालगंज, धनगढी लगायत ठाउँमा भने तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने गरेको छ । आज दिउँसोदेखि धेरै ठाउँमा पानी पर्ने भएकाले गर्मी केही कम हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौंको आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने छ भने न्युनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।