सरिता प्रसाई राष्ट्रियसभामा कांग्रेसकी प्रमुख सचेतक

सरिता प्रसाई राष्ट्रियसभामा कांग्रेसकी प्रमुख सचेतक

१२३ पटक पढिएको

नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकमा सरिता प्रसाईलाई मनोनित गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रसाईलाई पार्टीको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा मंगलबार मनोनयन गरेको कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

प्रसाई कांग्रेस केन्द्रीय सदस्य हुन्।

झापाकी उनी पूर्व कृषि राज्यमन्त्री पनि हुन्। गत निर्वाचनमा उनी प्रदेश १ बाट राष्ट्रियसभा सदस्य विजयी भएकी थिइन्