अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेट

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेट

२२३ पटक पढिएको

शिखर वार्ताका लागि आइतबार सिंगापुर पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । 
दुवै नेताले स्थानीय समयानुसार बिहान ९ बजे भेटवार्ता गरेका हुन् । शिखर वार्ताअघि सेन्तोसा द्विपको पाँचतारे होटल कापेलामा उनीहरुले हात मिलाएका थिए । 
प्रारम्भिक भेटपछि दुवै नेता सामुहिक वार्तामा बस्नेछन् । सामूहिक भेटवार्तापछि दुवै नेताकाबीचमा एक्ला–एक्लै भेटवार्ता हुनेछ । एक्ला–एक्लै भेटवार्तामा उनीहरु बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । 
वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटघाटले खुसी रहेको बताउदै आफुहरु ठुलो छलफल गर्न गईरहेको प्रतिक्रिया दिएका थिए । शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न निश्चित प्रक्रियाको सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ ।
छलफलपछि उत्तर कोरियाली नेता किम जोङ उनले वार्ता धेरै नै सफल भएको प्रतिक्रिया दिए ।
पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप–प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमने–सामने भएका हुन् । यसैबीच शिखर वार्ता लगत्तै राष्ट्रपति ट्रम्प अमेरिका फर्किने भएका छन् ।।