तरकारीमा विषादीको प्रयोग अत्याधिक

तरकारीमा विषादीको प्रयोग अत्याधिक

२२० पटक पढिएको

बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा  तरकारीमा  विषादीको प्रयोग अत्यधिक भएको पाइएको छ । तरकारीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरुको भनाई छ । कृषि विकास मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष संकलन हुने तरकारीका नमूनामध्ये १० प्रतिशत खान अयोग्य भेटिएको  छ । बाँकी ९० प्रतिशत खान योग्य त हुन्छन् तर ती अर्गानिक नभएको विज्ञहरुको भनाई छ । तरकारीमा प्रयोग भएको विषले शरीरमा गम्भिर रोग निम्त्याउने कारक बनिरहेको छ ।

कालिमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार गोलभेंडा र आलुमा सबैभन्दा बढी विषादीको प्रयोग हुने पाइएको छ । गोलभेंडा र आलु भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो । उक्त एकाइका अधिकृत मानबहादुर क्षत्रीका अनुसार गोलभेंडापछि काउलीमा बढी विषादीको अवशेष भेटिएको जानकारी दिनुभएको छ । काठमाडौंमा असार ०७१ देखि तरकारीमा विषादीको मात्रा परीक्षण गर्न थालिएको हो । उक्त एकाइले छड्के जाँचमार्फत् संकलित नमूना आफ्नो प्रयोगशालामा परीक्षण गर्दै आएको छ । गोलभेंडाका १४ वटा नमूनामा मापदण्डभन्दा बढी विषादीको अवशेष भेटिएको छ । काउलीका १० वटा नमूना पनि खान अयोग्य रहेको पुष्टी भएको छ ।