दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

७२० पटक पढिएको

काठमाडौं । मलेसियास्थित नेपाली दुतावासकै कर्मचारीले म्यानपावर कम्पनी खडा गरेर नेपाली कामदारलाई ठग्ने गरेको पाईएको छ ।

मलेसियामा रहेको नेपाली दुतावासमा कार्यरत प्रविण प्रधानले ‘उत्सव ह्युमन रिसोर्स सोलुसन’ नामको म्यानपावर खडा गरि नेपाली कामदारलाई ठग्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।  

दुतावासको ड्राईभरको रुपमा कार्यरत प्रधानले उत्सव ह्युमन रिसोर्स सोलुसन प्रा.लि..कम्पनी सञ्चालन गरेर सिधै नेपाली कामदार आपुर्ती गर्ने तथा नेपालका म्यानपावर पावर कम्पनीसंग कमिसन लिएर कामदारको ‘डिमान्ड’ दिने गरेको पाईएको छ ।

मलेसियास्थित नेपाली दुतावासमा ड्राईभरको रुपमा काम गर्ने प्रधान उत्सव नामको म्यानपावरको कार्यकारी निर्देशकको रुपका काम गरिरहेका छन् । 
उनले मलेसियामा रहेका अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महङ्गो बनाएर समेत ठग्ने गरेको छन् । मलेसियामा कार्यरत कामदारका अनुसार प्रधानले पासपोर्ट नभएका कामदारसंग स्वदेश फर्काउन ३ हजार मलेसियाली रिङ्गिट उठाउने गरेका छन् ।
प्रक्रिया अनुसार पासपोर्ट नभएका कामदारलाई नेपाल फर्कन सामान्यतया १ सय ६० रिङ्गिट खर्च हुने गरेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । प्रधानले नेपाली म्यानपावरहरुलाई डिमान्ड दिएर प्रति कामदार ३ हजार मलेसियाली रिङ्गिटसम्म उठाउने गरेका छन् । 

 

उत्सव ह्युमन रिसोर्सका प्रबन्ध निर्देशक भिष्म श्रेष्ठ पनि हाल मलेसियामा छन् । उनले दुतावासका कर्मचारीसंग मिलेर नेपालबाट कामदार आपुर्ती गर्ने काममा संलग्न रहेको स्रोत बताउछ । प्रबन्ध निर्देशक श्रेष्ठले दुतावासका कर्मचारी प्रधान आफ्नो भाई रहेको बताएपनि थप बिषयमा बोल्न चाहेनन् । 

मलेसियामा रहेका अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महङ्गो बनाएर ठगी गरेको भन्दै यसअघिका नेपाली राजदुत निरन्जनमान सिंह बस्न्यात समेत विवादमा परेका थिए ।