नेपाल र चीनबीच साँस्कृति आदानप्रदान हुनुपर्ने :  विज्ञ

नेपाल र चीनबीच साँस्कृति आदानप्रदान हुनुपर्ने : विज्ञ

३९९ पटक पढिएको

नेपालमा प्रथम चिनियाँ विज्ञहरुको गोष्ठी काठ्माण्डौको माहाराजगञ्ज स्थित नेपाल–चीन संस्कृति केन्द्रमा आयोजना भएको छ । गोष्ठीमा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ, नेपाल –चीन संस्कृति मञ्चका अध्यक्ष कल्यानराज शर्मा, काठमाण्डौ विश्वविद्यालय कन्फ्युसिय क्लासका शिक्षक अनिश मल्ल र नेपाल – चीन संस्कृति तथा शिक्षा परिषदका महासचिव दिलिप आचार्यले सो गोष्ठीमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत वैदेशिक सम्पर्क विभागका उप –प्रमुख चु छीले चीन र नेपाल विचको वर्तमान सांस्कृतिक आदान –प्रदान बारे जानकारी दिनु भएको हो  ।
अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले बताउनुभएअनुसार, एउटा हान्स्यो अथवा चीन सम्वन्धी अध्ययन भन्ने विषय छ । त्यस अन्तर्गत चिनको विभिद् पक्ष इतिहास, भुगोल, राजनीति, डिप्लोमेसी सवै विषयमा अध्ययन हन्छ । यस्ता बिषयहरु नेपालमा कसरी विकास गर्ने त ? नेपालीहरु कतिको उत्सुक छन् ? यसको वारेमा छलफल गर्नका लागि पैचिङबाट चिनीयाँ टोलि नेपाल आएको उहाँले जानकारी दिनुभयो ।

अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले चिन र नेपाल असल छिमेकी राष्ट्र भएको बताउदै आफ्नो छिमेकी राष्ट्रको बारेमा धेरै बुझ्न सकियो भने हामीले त्यस देशमा भइ रहेको विकास र परिवर्तनहरुबाट फाइदा लिन सकिने बताउनु भयो । विभिन्न कारणले गर्दा नेपाली सर्वसाधरणले चिनको विषयमा बुुझ्न नपाएको उहाँको भनाइ छ । साथै  भाषाका कारण, भौगोलिक दूरीका कारण र ऐतिहासिक कारणले पनि चीन सम्वन्धी बुझ्न नसकिएको उहाँले बताउनु भयोे । उहाँले चीनमा भएका ठूला–ठूला परिवर्तन भएता पनि नेपालीहरुलाई जानकारी नभएको बताउनु हुँदै चीनमा ओ बि ओ आर को कुरा भै रहे पनि नेपाली जनतालाई केही थाहा नभएको र यस्तो अवस्था बाट माथि उठ् सक्नु पर्ने समेत बताउनुभयो । हामी साउथ एसियाको अन्य देशहरुमा भएको  घटनाका बारेमा गम्भिर भएर चासो दिने तर चीनको बारेमा केही नबुझेको अवस्थालाई कसरी परिवर्तन गराउने र चीनको अवस्था, विकासे परिवर्तनबाट नेपाल र नेपालीहरुले कसरी बढी भन्दा बढी जानकारी हासिल गर्ने ? त्यसबाट लाभ कसरी उठाउने भन्ने कार्यक्रमको उदेश्य रहेको बताउनुभयो ।

गोष्ठीमा नेपालका लागि चिनियाँ राजदुताबासको संस्कृति विभागका प्रमुख छेतान पाइमुले चीन र नेपालको साँस्कृतिक आदान–प्रदानको विकासमा नेपालका चिनियाँ विज्ञहरुको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो ।
नेपालमा चिनियाँ भाषाको कतिको प्रचार –प्रसार भइरहेको छ ? र नेपालीहरु चिनियाँ भाषाको कतिको जानकार रहेका छन् त ? चिनियाँ भाषा पढेर आउनेहरुको स्तर कति छ त ?  भन्ने विषयमा जानकारी लीने कार्यक्रमको उद्देश्य रहेको नेपाल–चीन संस्कृति तथा शिक्षा परिषदका महासचिव दिलप आचार्यले बताउनुभयो । साथै यस्ता कार्यक्रमहरुबाट चीनलाई अझै नजिकैबाट चिन्ने अवसर प्राप्त हुने उहाँले वताउनुुभयो ।

विश्वकै दोश्रो अर्थतन्त्रका रुपमा रहेको छिमेकी राष्ट्र चीनको विकास र समृद्धिबाट नेपाललेपनि प्रत्यक्ष फाइदा लिनु जरुरी छ । त्यसको साथै चीनले अगाडि सारेको वेल्ट एण्ड रोड इनिसीएटिभ (विआरई) र अन्य परियोजनाहरुबाट नेपालीहरुले पनि धेरै कुरा सिक्न जरुरी छ ।

हीमाल वारीपारीका लागि, टिका कुरुम्बाङ, काठमाण्डौ ।