अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सोधे, लामिछानेलाई अहिले कस्तो छ ?

अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सोधे, लामिछानेलाई अहिले कस्तो छ ?

१२३७ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले मष्तिस्कघातबाट उपचाररत एमाले प्रदेश सांसद हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मष्तिस्कघातबाट उपचाररत एमाले प्रदेश सांसद हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर प्रधानमन्त्री ओलीले लामिछानेको पछिल्लो अवस्थाबारे परिवार र चिकित्सकसंग जानकारी लिनुभएको हो ।

प्रधानमन्त्री ओलीले लामिछानेको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसंग आग्रह गर्नुभएको थियो ।  

गत शनिबार मुगुको राराबाट काठमाडौं फर्किएका लामिछानेलाई आफ्नै निवासमा रहेको अवस्थामा अचानक मष्तिस्कघात भएको थियो । लामिछाने भक्तपुर क्षेत्र नम्बर एकका प्रदेश सांसद हुन् । 

लामिछानेलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभएको छ । 
हिजो मात्र पुर्वप्रधानमन्त्री समेत एमाले नेता माधवकुमार नेपाल अस्पताल पुगेर लामिछानेको स्वास्थ्य अवस्थाबारे बुझेका थिए ।