प्रदेश ३ का प्रदेश सदस्य लामिछानेलाई मष्तिस्कघात : अवस्था गम्भीर 

प्रदेश ३ का प्रदेश सदस्य लामिछानेलाई मष्तिस्कघात : अवस्था गम्भीर 

२६८ पटक पढिएको

भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेलाई मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको छ ।
सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको लामिछानेको अवस्था गम्भीर रहेको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । 
रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किनु भएका उहाँलाई आइतबार चाँगुनारायण नगरपालिका–६ तेलकोट स्थित आफ्नै घरमा अचानक ब्रेन ह्यामरेज भएको थियो । 
लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर उहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । 
शनिबार मात्रै राराबाट घर फर्कनुभएका उहाँको अवस्था चिन्ताजनक भएपछि उहाँका शुभेच्छुक तथा  एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ । उहाँ नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।